Loading...
 

कथा भन्ने प्रतियोगिता

 

Narrative 794978 960 720

 

भाषणकाे समयावधि

कथा सुनाउने प्रतियोगितामा उत्कृष्ट कथा निर्माताहरु र कथाकारहरु जो मनोरन्जन गर्न, हलचल ल्याउन, र मानिसहरुलाई सिकाउन खोज्ने लक्ष्य राखिएकाे छ।

कथा भन्ने प्रतियोगितामा प्रवेश भाषणहरु १० मिनेट को अधिकतम अवधिकाे हुनु पर्छ।

कथाहरु हास्य शामिल हुन सक्छन्, तर ती मात्र हास्य सामाग्रीमा मात्र आधारित हुनुहुँदैन।

निर्णायककाे छनाेट

देश भित्र र माथिल्लो स्तरमा प्रतियोगिताहरुको लागी, निर्णायकहरू निम्न पेशाहरुबाट गैर अगाेरा सदस्यहरु हुनेछन्:

  • मिडिया पेशेवरहरु - प्रस्तुतकर्ताहरु, शो होस्टहरु, अभिनेताहरु, निर्माताहरु आदि जाे टिभी, रेडियो, प्रेस, वा चलचित्र उद्योगहरुसँग सम्बन्धित छन्।
  • फिक्शन लेखकहरु
  • पत्रकारहरू
  • पेशेवर (पैसा तिर्नु पर्ने) सार्वजनिक बोल्ने सर्किट बाट वक्ताहरु।
  • अन्य सार्वजनिक बोल्ने कार्यक्रमहरु जस्तै TEDx, मंक बहस, आदिबाट वक्ताहरु।

भाषणको स्कोरिंग

निर्णायकहरूकाे निम्न मापदण्ड अनुसारकाे भाषण स्कोर हुनेछ:

  • मौलिकता (० देखि १०) -कथा कसरी माैलिक थियाे भनेर विचार गरिनेछ।
  • कथाकाे विकास (० देखि १०) - समग्र कथाकाे बहाव, यसको उद्घाटन, विकास, क्लाइमेक्स,आदि लाई विचार गरिनेछ।
  • चरित्रकाे विकास (० देखि १०) - कथाको नायककाे गहिराई र उचित परिचय, विकास, र निष्कर्ष कसरी भएकाे थियो भनेर विचार गरिनेछ।
  • भाषाको उपयोग (० देखि १०) -भाषाको समृद्धि, प्रस्तुतुकरण, र जीवन्तताकाे बारेमा विचार गरिनेछ। दर्शकहरुको दिमागमा छविहरु बनाउन सक्याे कि सकेन भन्ने क्षमताकाे मूल्यांकन।
  • कथनकाे गुणस्तर (० देखि १०) -आवाजकाे विविधता, शारीरिक भाषा, पज, र अन्य कथन विशेषताहरुलाई विचार गर्नेछ।
  • भावनात्मक सामग्री (० देखि १०) - कथाकारको व्यक्त गर्ने र दर्शकहरुमा भावनाहरुलाई प्रफुटित गर्ने क्षमतालाई विचार गर्नेछ।
  • कथाकाे सन्देश (० देखि १०)- कथाको मुल नैतिक सन्देशको गहिराईमा विचार गरिनेछ।

प्रत्येक भाषण को लागी, माथिको स्कोरको औसत गणना गरिनेछ, र त्यो अन्तिममा उक्त स्काेर प्रतियाेगीकाे लागी ताेकिन्छ।

पदकहरू

विश्वस्तरकाे फाइनलकाे बाहेक कुनै पनि स्तरको विजेतालाई "‍(क्षेत्रको)काे सर्वश्रेष्ठ शैक्षिक वक्ता" को पदककाे रूपमा घाेषणा हुनेछ ।


Contributors to this page: puspa.khanal and agora .
Page last modified on Sunday August 15, 2021 04:47:13 CEST by puspa.khanal.